जयनगर–कुर्था रेलमार्ग नेपाललाई हस्तान्तरण

 कार्तिक ०६, २०७८

काठमाण्डाै । भारत सरकारको आर्थिक सहयोगमा ३५ किलोमिटर जयनगर–कुर्था सीमापार न्यारोगेज रेलमार्ग ब्रोडगेजमा रूपान्तरण भएको छ । निर्माण पूरा भएसँगै त्यसलाई भारतले नेपाल सरकारलाई हस्तान्तरण पनि गरेको छ ।

शुक्रवार काठमाण्डाैमा आयोजित एक समारोहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले रेलमार्गको स्वामित्वसम्बन्धी दस्तावेज हस्तान्तरण गर्नुभयो । आजैदेखि यस रेलमार्गको स्वामित्व नेपाल रेल्वे कम्पनी लिमिटेडमा स्थानान्तरण भएको छ ।

भारत सरकारको आर्थिक सहयोग अन्तर्गत आठ अर्ब ७७ करोड रुपैयाँमा निर्माण भएको यस रेलमार्ग ६८ दशमलव ७२ किलोमिटर जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्गको एउटा खण्ड हो ।यस रेलमार्ग सञ्चालन भएपछि नेपाल र भारतबीच व्यापार–वाणिज्य वृद्धिका साथै दुई देशका नागरिकबीचको सम्बन्ध र सम्पर्क अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिक्रिया