तुलसीपुर ११ मा भागीरामको अध्यक्षतामा ४१ सदस्यीय कमिटि चयन

 कार्तिक ०६, २०७८


तुलसीपुर । नेकपा एमालेको वडा अधिबेशन अन्र्तगत दाङका वडामा सर्वसम्मत रुपमा कमिटि चयन गरिएकोछ । यसैक्रममा तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ मा भागीराम चौधरीको अध्यक्षतामा ४१ सदस्यीय कमिटि चयन गरिएको छ । वडा कमिटिका अध्यक्ष लोकजंग शाहको अध्यक्षता तथा केन्द्रीय परीषद सदस्य रामजी चौधरी मिलनको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहागरका उप प्रमुख माया आचार्यको विशिष्ठ आतिथ्यमा भएको प्रथम वडा अधिबेशनले सर्वसम्मत रुपमा कमिटि चयन गरेको हो ।

जस्को उपाध्यक्षमा शिताराम चौधरी,सचिवमा सोमीलाल चौधरी,उपसचिवमा निम बहादुर भण्डारी र जन्तादेवि विक रहेका छन । यस्तैसदस्यमा खुम बहादुर चन्द, तारा कुमारी बस्नेत,भिउराम नेपाली लगायतका रहेका छन । त्यसैगरी नगर प्रतिनिधि तर्फ ईन्द्रमणि खड्का, होताराम बस्नेत, युधीर जंग शाह,थुम बहादुर नेपाली, पुर्ण बहादुर केसी, दिपक परियार लगायत ४२ जना चयन गरिएको मतदान अधिकृत पदम बहादुर वलीले जानकारी दिनुभयो ।

अनेरास्ववियुका केन्द्रीय सदस्य गोपाल रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको अधिबेशनमा वडा कमिटिका ईन्चार्ज सन्तोष केसी, महिला नेतृ गायत्रा डाँगी लगायतले बोल्नुभएको थियो । अधिबेशनको उद्घाटन सत्रको सहजिकरण कमिटिका सचिव नरेश वलीले गनुभएको थियो ।

तपाईंको प्रतिक्रिया