एमाले तुलसीपुर १४ को अध्यक्षमा केसी

 कार्तिक ०६, २०७८

तुलसीपुर । नेकपा एमालेको वडा अधिबेशन अन्र्तगत तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १४ मा पनि अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले कृष्ण बहादुर केसिको अध्यक्षतामा कमिटि सर्वसम्मत रुपमा चयन गरिएको छ । जस्को उपाध्यक्षमा बन्धु चौधरी ,सचिबमा होताराम केसि,उपसचिवमा सरिता चौधरी र पोषणराज केसि सहित ३१ सदस्यीय वडा कमिटी चयन भएको हो ।

यसैगरी उपमहानगरको ९ गते हुने अधिबेशनका लागी प्रतिनिधि अपांग तर्फ २ जना,जनजाती तर्फ ११ जना,दलित तर्फ १३ जना र खस आर्य तर्फ ८ जना समेत सर्बसहमतिमा चयन गरिएको हो । वडा अधिबेशनलाई सफल पार्न जिल्ला कमिटिबाट खटिनु भएका एमाले ३ नम्बर क्षेत्रका ईन्चार्ज मान बहादुर रावत लगायतले सम्बोधन गर्नभएको थियो ।

तपाईंको प्रतिक्रिया