बढ्यो सुनको मूल्य

 कार्तिक ०७, २०७८

काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको १० रुपैयाँले बढेर १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया