किवानिज क्लवले दियो अतिविपन्न विद्यार्थीलाई शैक्षिक सामग्री

 कार्तिक ०७, २०७८

तुलसीपुर । किवानिज क्लव अफ राप्ती नेपालले अतिविपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । क्लवले आज ‘किवानीज वान डे’ को अवसरमा तुलसीपुर स्थित ज्ञानज्योती आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रि वितरण गरिएको होे ।

क्लवका अध्यक्ष विमल पोख्रेलको अध्यक्षता तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरी बहादुर विकको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा शैक्षिक सामाग्रि वितरण गरिएको थियो । क्लवका उपाध्यक्ष हेमन्त प्रकाश वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले विपन्न विद्यार्थीलाई क्लवले सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

त्यस अवसरमा विद्यालयमा नर्सरी देखि कक्षा २ सम्मका एक सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको गरेको क्लवका जनसम्पर्क प्रमुख प्रकाश सेर्पाईलीले जानकारी दिनुभयोे । कार्यक्रममा क्लवका महासचिव नवराज रेग्मी,कोषाध्यक्ष नारायण विक,सचिव गिता विक,संचार प्रमुख बंशी कुमार शर्मा लगातले बोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण क्लवका सदस्य नरेन्द्र वलीले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया