हिरा डाँगी स्मृति कप: टरिगाँउले उपाधि चुम्यो

 कार्तिक १६, २०७८

तुलसीपुर । तुलसीपुरमा जारी सर्वाधिक पुरस्कार राशीको प्रथम हिरा डाँगी स्मृति कप खुला फुटबल प्रतियोगिताको उपाधि टरिगाउ युवा क्लब तुलसिपुर १२ ले चुमेको छ । फाईनलमा सक्सेस फुटबल क्लब तुलसीपुर ९ लाई ५–४ गोलको अन्तरमा उपाधि चुमेको हो ।

उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको खेल मैदान तुलसिपुरमा भएको खेलमा टरिगाँउले रोमान्चक जित निकोलेको हो । प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद १ लाख २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पारेको छ ।

त्यस्तै उपविजेताले नगद ६० हजार, कप ,मेडल, प्रमाणपत्र हात पारेको खेल पत्रकार लक्ष्मण बस्नेतले जानकारी दिनुभएको छ ।

तपाईंको प्रतिक्रिया