मोटरसाइकल दुर्घटना हुदा भण्डारीको मृत्यु

 कार्तिक १८, २०७८

तुलसीपुर । तुलसीपुरमा भएको मोटरसाइकल दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० बन्गैका ३५ वर्षीय कैलास भण्डारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । भण्डारी सशस्त्र प्रहरीका हवल्दार रहेको र सशस्त्र प्रहरी वेश तुलसीपुरमा कार्यरत थिए ।

तुलसीपुर बजारबाट बन्गैस्थित तर्फ जाँदै गरेको रा ४ प ६०५८ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनामा परि चैलाहीका ३६ वर्षीय लीलाधर खड्का घाइते भएका छन् । उनलाई थप उपचार गर्न नेपालगञ्ज मेडिकल कलेज लगिएको छ । भण्डारीको शव पोस्टमार्टमका लागि राप्ति प्रादेशिक अस्पतालमा राखिएको छ।

तपाईंको प्रतिक्रिया