विद्यालय कर्मचारी परीषद् तुलसीपुरको अध्यक्षमा भण्डारी

 कार्तिक २७, २०७८


तुलसीपुर । नेपाल विद्यालय कर्मचारी परीषद् तुलसीपुरको दोस्रो नगर अधिबेशन गणेशपुर पार्कमा सम्पन्न भएको छ । अधिबेशनले मिना भण्डारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । जस्कोउपाध्यक्षमा देवराज श्रीवास्तव,पार्वती चौधरी,सचिवमा चेवन बस्नेत,कोषाध्यक्षमा किरण नेपाली र सह सचिवमा शिवहरी पोख्रेल रहनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा बसन्तराज कुमाल,विष्णु गिरी,हरी चन्द,पोषण केसी,स्वतन्त्र भट्टराई,भुप बहादुर वली र हिमलाल चौधरी रहनुभएको छ । नगर अध्यक्ष मित्रलाल शर्माको अध्यक्षता तथा जिल्ला अध्यक्ष गोविन्द जिसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । अधिबेशनले डम्बर बहादुर वली,मित्रलाल शर्मा र बसन्त परियार सदस्य रहेको तीन सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ ।

त्यस अवसरमा बोल्ने सहभागीहरुले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरु संगठित भई आफ्ना हकहितको लागी अघि बढ्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा परीषद्का लुम्बिनी प्रदेश उपाध्यक्ष डम्बर बहादुर वली,केन्द्रीय सदस्य घन बहादुर रावत,जिल्ला कोषाध्यक्ष पुर्ण बहादुर विक लगायतले बोल्नुभएको थियो ।

यसैविच अधिबेशनले कर्मचारीको कोष सञ्चालन गर्ने,मंसीर मसान्त सम्ममा सदस्यता नविकरण गर्ने लगायतका निर्णयहरु पारीत गरेको छ । अधिबेशनमा २५ बढि साुमदायिक विद्यालयमा कार्यरत कर्मचारीको उपस्थिती रहेको थियो ।

तपाईंको प्रतिक्रिया