आज १०औँ राष्ट्रिय कर दिवस मनाइँदै

 मङि्सर ०१, २०७८

काठमाण्डाै । ‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि : सुशासन, विकास र समृद्धि’ भन्ने नाराका साथ आजदेखि देशभर सप्ताहव्यापी रुपमा १० औँ राष्ट्रिय कर दिवस मनाइँदैछ । आधुनिक एवं वैज्ञानिक कर प्रणाली तर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दैै हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवश मनाउन थालिएको हो । पछिल्ला वर्ष राजस्वको दायरा विस्तार हुँदै गए पनि कर सङकलन लागत घटाउने, चुहावट न्यूनीकरण गर्ने, लगानीमैत्री वातावरणका लागि कर प्रणालीमा सुधार गर्नुपर्ने देखिन्छ ।

नेपालमा करदाता मैत्री कार्य प्रणाली अवलम्बन गरी स्वेच्छिक कर सहभागिता बढाउने, कर सहभागिता लागत र सञ्चालन लागत न्यून गर्दै करको दायरा विस्तार गर्ने उद्देश्यले साबिकका कर विभाग तथा मूल्य अभिवृद्धि कर विभागलाई एकीकृत गरी विक्रम संवत् २०५८ साल बैशाख २ गते कर विभागका रुपमा स्थापना गरिएको हो ।

आन्तरिक राजस्व विभाग अन्तर्गत राप्ती सहित देशभर कुल ८४ वटा कार्यलय छन् । विभागका अनुसार ठूला करदाता र मध्यम स्तरीय करदाता कार्यलय गरी ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता सेवा कार्यालय रहेका छन् ।

तपाईंको प्रतिक्रिया