रोल्पा बस दुर्घटना: तीन जनाको सनाखत

 मङि्सर ०३, २०७८

तुलसीपुर । रोल्पामा यात्रुबाहक बस दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ । दाङको घोराहीबाट रोल्पाको थवाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका वडा नम्बर २ स्थित विहिवार बेलुका साढे ६ बजे दुर्घटना हुदा चार जनाको ज्यान गएको हो भने १७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख नरेसराज सुवेदीले जानकारी दिनुभयो ।उहाका अनुसार अहिले सम्म तिन जनाको मात्रै सनाखत भएको छ भने एक जनाको पहिचान हुन बाँकी रहेको छ ।

दुर्घटनामा परी बस चालक परिवर्तन गाउँपालिका ५ बस्ने ४० बर्षिय विरमान बुढा, सोहि गाउँपालिका वडा नम्वर ६ बस्ने ५० बर्षिय कुमार पुन र वडा नम्वर १ बस्ने २९ बर्षिय दिपक रोका रहेको उहाले जानकारी दिनुभयो । एक जना मृतक महिलाको भने सनाखत हुन बाँकी रहेको छ । यस्तै दुर्घटनामा पररी घाईते भएका १७ जना मध्ये तिन जनाको स्थानिय अस्पतालमा सामान्य उपचार पछि डिस्चार्ज भएको छ । बाँकी ११ जना घाइते रेउघा अस्पतालमा उपचार भईरहेको छ भने ४ जनालाई थप उपचारका लागी भैरहवा रिफर गरिएको उहाले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया