देउखुरीमा रामघाट मेला सुरू

 मङि्सर ०३, २०७८

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ७ अर्नहनपुरमा रामघाट मेला सुरू भएको छ । रामघाट मेला व्यवस्थापन समितिको आयोजनामा मंसिर २ गते सुरु भएको मेला ४ गते दिउँसो १ बजे सम्म सञ्चालन हुने मेला व्यवस्थापन समितिका सचिव नरेशकुमार चौधरीले जानकारी दिएका छन् ।

प्रत्येक वर्ष अर्नहनपुरको खेल मैदानमा परम्परागत रुपमा लाग्दै आएको मेला २ वर्ष कोरोना महामारीका कारण बन्द भएको थियोे । कोरोना महामारी कम भएपछि यस वर्ष पुन मेला सञ्चालनमा आएको छ । एतिहासिक रामघाट मेला हेर्न जाऔं, धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गरौै भन्ने मुल नाराका साथ मेला सुरू भएको हो ।

मेलामा २२४ वटा स्टल रहेका छन् । मेला अवलोकन सँगै नेपालको दोस्रो लामो पुल अवलोकन गर्न सकिने, मन्दिरमा पुुजा आराधना गर्न सकिने,बालबालिकाको लागी खेलौना, विभिन्न परिकारहरु रहेका छन । मेलाबाट संकलित रकम राम मन्दिरको व्यवस्थापनमा खर्च गरिने बताइएको छ ।।

तपाईंको प्रतिक्रिया