रनियापुरमा चप्पल उद्योग सञ्चालनमा

 मङि्सर ०३, २०७८


तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १३ रनियापुरमा मल्ल चप्पल उद्योग सञ्चालनमा आएको छ । करीव १० लाख लागतमा हरी कुमार मल्लले उद्योग सञ्चालनमा ल्याउनुभएको हो । झण्डै ८ बर्ष साउदी र भारतमा बस्नुभएका मल्लले त्यहाको सीप लाई आफ्नै ठाउमा प्रयोगमा ल्याउन लाग्नुभएको हो । यहा उत्पादन भएका चप्पलहरु दाङ सहित पहाडी जिल्लाहरुमा समेत निर्यात गर्ने तयारी रहेको सञ्चालकको भनाई छ ।

यसैविच, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेले उक्त उद्योगको उद्घाटन गर्नुभएको छ । त्यस अवसरमा बोल्दै अध्यक्ष चालिसेले आफु संग भएको सीप प्रयोग गरी ग्रामीण भेगमा उद्योग सञ्चालन गर्नु महत्वपुर्ण कार्य भएको बताउनुभयो । उहाले आर्थिक रुपमा सबल बन्नका लागी युवाहरुले नँया सोचका साथ अघि बढ्नुपर्नेमा जोडदिनुभएको थियो । त्यस अवसरमा उद्योग बाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारी, वडा नम्बर १३ का एमालेका युवानेता मोहन पौडेल लगायतले बोल्नुभएको थियो । गाँउमा नै उद्योग खुलेपछि स्थानियहरु भने खुसी भएका छन ।

तपाईंको प्रतिक्रिया