बैतडीमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्यो

 मङि्सर ०६, २०७८

काठमाडौं । गएराति दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट छुटेको म १ ज ३१० नम्बरको जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको हो । दुर्घटनामा पाँच जनाको घटनास्थलमै ज्यान गएको र अर्का एक जनाको उपचारका लागि धनगढी लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार गम्भीर घाइते भएका जीप चालक डडेलधुराका ४० वर्षीय दीपक मालीको उपचारका लागि लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार दुर्घटनामा दशरथचन्द–६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको ज्यान गएको छ । दुर्घटनामा दशरथचन्द (६ का ४८ वर्षीय हर्कबहादुर चन्द गम्भीर घाइते हुनुभएको छ । चन्दको जिल्लामा उपचार हुन नसक्दा धनगढी रेफर गरिएको छ ।

तपाईंको प्रतिक्रिया