एमाले स्थायी कमिटी बैठक दिउँसो ३ बजेबस्दै

 मङि्सर ०६, २०७८

काठमाण्डौ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।दिउँसो ३ बजे च्यासलमा रहेको तुल्सीलाल स्मृति भवनमा बस्ने बैठकमा दशौँ राष्ट्रिय महाधिवेशनका विषयमा छलफल हुने छ ।

महाधिवेशन तयारीका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा मूल व्यवस्थापन र अन्य नेताको संयोजकत्वमा विभिन्न समिति गठन गरिएको छ ।एमालेको चालु केन्द्रीय कमिटीको बैठक महाधिवेशन उद्घाटन हुने अघिल्लो दिन बस्ने तयारी छ । नयाँ नेतृत्व चयनका लागि आउँदो १० गतेदेखि १२ गतेसम्म एमालेको महाधिवेशन चितवनमा हुँदैछ।

तपाईंको प्रतिक्रिया