लागुऔषध सहित एक युवक पक्ताउ

 मङि्सर ०७, २०७८

दाङ । दाङको लमहीबाट लागुऔषध सहीत एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा घर भारतको बहाराईच तहिसल नानपारा भएका २८ बष का नाईम रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ ।

लागु औषध (ब्राउन सुगर) ओसार पसार तथा विक्रि वितरण गरिरहेका गोप्य सुचनाको आधारमा खटिएको जिल्ला प्रहरीकार्यलय दाङको टोलिले हिजो ( सोमबार ) साँझ ५ बजे प्रहरीले लमही नगरपालिका वडा नं. ९ अमिलियाबाट पक्राउ गर गरेको हो ।पक्राउ परेका नाईमको साथबाट सेतो प्लास्टिक भित्र बेरी राखेकोे खैरो रङको देखिने ब्राउन सुगर जस्तो पदार्थ ४५ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकोे छ । पक्राउ परेका नाईममाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया