सल्यानको कांग्रेस सभापतिमा विष्ट विजयी

 मङि्सर ०७, २०७८

सल्यान । नेपाली कांग्रेस सल्यानको सभापतिमा संस्थापन पक्षका केशबहादुर विष्ट विजयी हुनुभएको छ । प्रतिद्वन्द्वी संस्थापन इतर९रामचन्द्र पौडेल० समूहका ध्रुवराज पुरीलाई ५ मतले पछि पार्दै विष्ट सभापतिमा निर्वाचित हुनुभएको हो ।


विष्ट ६१२ मत ल्याएर विजयी हुँदा पुरीले ६०७ मत ल्याउनु भएको हो । त्यस्तै उपसभापतिमा संस्थापन पक्षका सन्तोष केसी र संस्थापन इतरका चक्र देवकोटा निर्वाचित हु्नुभएको छ । सचिवमा एकराज बुढाथोकी र प्रकाश भण्डारी निर्वाचित हु्नुभएको छ । भण्डारी संस्थापन र बुढाथोकी संस्थापन इतर समूहका हुनुहुन्छ । सह–सचिवमा संस्थापन इतर समूहका जनकराज गौतम र पदमबहादुर बुढाथोकी निर्वाचित हु्नुभएको छ ।

तपाईंको प्रतिक्रिया