बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

 मङि्सर ०८, २०७८

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० घर भइ ललितपुर जिल्ला सानागाउँ बस्दै आएकी ५१ वर्षीया दुर्गा शाही सापकोटा रहेकी छिन् । उच्च अदालत पाटनले उनीविरुद्ध संसिर १६ गते बैंकिङ कसुर मुद्दामा सात दिन कैद र १३ लाख ६५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि फरार रहेका सापकोटालाई ललितपुर सानागाउँमा लुकिछिपी बसेको अवस्थामा केन्द्रीय अनुसन्धान व्युरोको टोलीले बुधबार नियन्त्रणमा लिएको हो ।
आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै सापकोटाले २०७५ साल कात्तिक ६ गते रकम भुक्तानीका लागि हिमालयन बैंक लिमिटेडको चेक काटेर दिएकी थिइन् । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि बुधबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको ब्यूरोले जनाएको छ ।

तपाईंको प्रतिक्रिया