बलात्कारको आरोप लागेका एक युवक पक्राउ

 मङि्सर ०८, २०७८

रुकुमपश्चिम। बलात्कारको आरोप लागेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुमपश्चिम जिल्लाको आठविसकोट नगरपालिका वडा नं. १० मारीकाट्टेका १९ बर्षिय खड्क बहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताउनुभयो ।


परियारले गत असार १८ गते राती १ बजे को समयमा घरमा सुतिरहेकी २४ बर्षिय एक महिलालाई कोठामा गएर जवरस्ती करणी गरेको प्रहरीले जनाएको छ । त्यस सम्बन्धि उजुरी प्राप्त भएको र आरोपी फरार रहेका थिए । फरार रहेको प्रतिवादीको खोजतलासको क्रममा आज निजकै घर लुकीछिपी बसेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बताएको छ ।आरोपी परियारलाई प्रहरी कार्यालयको हिरासत कक्षमा राखि अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया