मंसिर १५ देखि सर्वोच्चमा गोला प्रथा लागू गर्ने निर्णय

 मङि्सर ०९, २०७८

काठमाडौं । सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट मुद्दाको पेशी तोकिने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरुको बिहीबार बसेको पूर्ण बैठक ९फूलकोर्ट० ले मंसिर १५ देखि गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने निर्णय गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको थियो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ । यसअघि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले इजलास गठन र मुद्दाको पेशी तोक्ने गरेका थिए ।

तपाईंको प्रतिक्रिया