दाङमा आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि

 मङि्सर ०९, २०७८

दाङ । दाङमा आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १० जनाको पिसिआर गर्दा दुई जनामा कोरोना पष्टि भएको हो । कोरोनामा पुष्टि हुनेमा लमहीका दुई पुरुष रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

यसैविच आज जिल्लामा तीन जना कोरोना मुक्त भएका छन् । मुक्त हुनेमा राप्तीका दुई जना र घोराहीका एक जना रहेको केन्द्रले जनाएको छ । अहिले दाङमा कोरोनाका सकृय बिरामी ३५ रहेका छन् । उनिहरु मध्य ४ जना आईसियू सहितको उपचारमा रहेका छन् भने सामान्य एक जना र ३१ जना घरमै रहेको केन्द्रले जनाएको छ ।।

तपाईंको प्रतिक्रिया