कांग्रेसको रुपन्देही सभापतिमा खाँण निर्विरोध

 मङि्सर ११, २०७८

बुटवल । नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण निर्विरोध निर्वाचित भएका छन् । सभापति पदमा खाँणको एकल उम्मेदवारी परेको जिल्ला निर्वाचन समितिका संयोजक भेषराज घिमिरेले जानकारी दिए ।

सभापतिमा निर्वाचित खाँण संस्थापन समूहका हुन् । गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ समेत रहेका खाँण यसअघि जिल्ला सचिव थिए । पार्टीको अधिवेशनलाई लक्षित गरी गृहमन्त्री खाँण झण्डै एकसाता रुपन्देहीमै बसेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र क्षेत्र नंं। ५ का प्रतिनिधिसभा सदस्य भरत शाह लगायतसँग छलफल गरेर निर्विरोध गराएका हुन् । उपसभापतिमा पौडेल पक्षका थानेश्वर घिमिरे र डा। अनिता शाह निर्विरोध भएका छन् । अनिता भरत शाहकी श्रीमती हुन् ।सचिवमा हरि काफ्ले र परमानन्द भट्टराई तथा सहसचिवमा विष्णु थापा र बासु रिमाल निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका संयोजक घिमिरेले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया