दाङमा २ हजार १ सय ३८ मत खस्यो

 मङि्सर ११, २०७८


दाङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत कांग्रेस दाङ जिल्ला नेतृत्व चयनका लागि भएको मतदान समपन्न भएको छ । जस अनुसार २ हजार १ सय ३८ मत खसेको छ । २ हजार १ सय ९२ मतदाता रहेकोमा ५४ मत नखसेको जिल्ला निर्वाचन समितिले जनाएको छ । आज विहान साढे ९ बजेदेखि सुरु भएको मतदान दिउसो तीन बजेसम्म चलेको थियोे ।


मतदानका लागि घोराही उपमहानगरपालिका १५ भरतपुरस्थीत पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयमा ५४ स्थानमा मतदान स्थल बनाइएको थियोे । कांग्रेस दाङको जिल्ला नेतृत्वका लागि वर्तमान सचिव शंकरप्रसाद डागी,पुर्व जिल्ला सचिव कमल किशोर घिमिरे,कांग्रेस नेता जानकीलाल बस्नेत र क्षेत्र न २ का निवर्तमान क्षेत्रीय सभापति भुपबहादुर डागी चुनावी मैदानमा रहेका छन ।

तपाईंको प्रतिक्रिया