ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

 मङि्सर ११, २०७८

रुपन्देही। सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु भएको छ। ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनालसहित उहाँका १३ वर्षीय छोरा सुदीपको मृत्यु भएको हो।

बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना३ख ३८६० नंको ट्रकले खनाल सवार ग११प ५४४४ नंको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए। ट्रकको ठक्करबाट घाइते भएका दुवै जनाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारका क्रममा दिउँसो १:३५ बजे मृत्यु भएको हो। ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन्।

तपाईंको प्रतिक्रिया