तुलसीपुरमा भिरबाट लडेर एक बृद्धको मृत्यु

 मङि्सर १२, २०७८

तुलसीपुर । तुलसीपुरको एक सामुदायिक वनमा बृद्ध मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । वडा नम्बर १९ छिल्लीकोट बस्ने अन्दाजी ६६ बर्षका रामबहादुर पुन मृत भेटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । यहि मंसिर २ गते घरबाट निस्किएका पुन झुल्के सामुदायिक वनमा मृत फेला परेको प्रहरीले बताएको छ । घरबाट बाँसको चोयाबाट बनाईएको सामग्री भकारी विक्रि गर्न भन्दै बिजौरीतर्फ गएपनि घर नफर्केपछि उहाको खोजी कार्य सुरु भएको थियो ।

घर परिवारले खोजी कार्य गर्ने क्रममा सामुदायिक वनको चोरकाटे भीरमा मृत भेटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । उहाको शव भिरमा फेला परेको हुदा बिजौरीबाट घर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको उहाले जानकारी दिनुभयो । घटनाको बारेमा आबश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया