नेपाली कांग्रेस दाङको सभापतिमा शंकरप्रसाद डाँगी

 मङि्सर १२, २०७८

दाङ । नेपाली कांग्रेस दाङको सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित हुनु भएको छ । सभापति पदका लागी हिजो भएको पहिलो चरणको मतदानमा कसैले पनि ५१ प्रतिशत मत लिन नसकेपछि दोस्रो पटक मतदान आज बिहान देखि गर्ने तयारी गरिएको थियो । तर सभापपित पदका लागि सहमति भएपछि शंकर डाँगि निर्वाचित हुनुभएको हो ।


सभापतिका लागी चार जनाले उम्मेदवारी दिएका थिए । सभापति पदका लागि लागी चार जनाले उम्मेदवारी दिएका थिए । जसमा शंकरप्रसाद डाँगीले ७ सय ७६, भुुपबहादुर डाँगीले ५ सय ४६, जानकीलाल बस्नेतले ४ सय ७१ र कमलकिशोर घिमिरेले ३ सय १५ मत प्राप्त गरेका थिए । त्यसमध्ये धेरै मत ल्याउने भुव बहादुर डाँगी र शंकरप्रसाद डाँगी बिच आज निर्वाचन हुने कार्यतालिका थियो । भुवबहादुर डाँगी ले आफ्नो उमेद्वारी फिर्ता लिदै शंकरप्रसाद डाँगी सभापतिमा निर्वाचित भएको घोषणा गनुभएको हो ।

तपाईंको प्रतिक्रिया