दंंगीशरणमा शुक्रवार देखी मतदाता नामावली संकलन गरिने

 मङि्सर १४, २०७८

दिप्तीशिखा चौधरी,दंगीशरण ।
दंगीशरण गाउँपालिकामा मतदातानामावली संकलन कार्यक्रम हुने भएको छ । आज मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न बैठकले दंगीशरणमा मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो । स्थानीय सहयोग समन्वय तथा प्रचारप्रसार समितीका अध्यक्ष एंव गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा बसेको बैठकले यहि मंसीर १७ गते देखि पुष २ गते सम्म मतदाता नामावली संकलन कार्यक्रम गरिने निर्णय गरेको हो ।

गाउँपालिका स्थित कृषि शाखाको भवनबाट सेवा दिईने भएको छ । बैठकले यहि मंसीर १७, १८, १९ र २० गते गाउँपालिकाको वडा न. ३, ४ र ५ का नागरीकहरुले मतदाता नामावली बनाउँ सक्ने निर्णय गरेको छ । त्यसैगरी मंसीर २१, २२ र २३ गते वडा न. १ र २ का नागरीकले यस्तै मंसरि २४, २५ र २६ गते वडा न. ६ र ७ का नागरीकले मतदाता नामावली बनाउँन सक्नेछन् । यसैगरी मंसीर २७ गते देखि पुष २ गते सम्म सम्पुर्ण वडाका छुटेका नागरीकहरुले मतदाता नामावली बनाउँन सक्नेछन् ।

बैठकमा उपाध्यक्ष पिमाकुमारी खड्का, प्रवक्ता एंवदंगीशरण गाउँपालिका वडा न.७ का वडा अध्यक्ष विर बहादुर वली, वडा न.१ का वडा अध्यक्ष श्रीप्रशाद चौधरी, २ न. वडाका तुलसीराम देवकोटा, ३ न. कार्यवाहक अध्यक्ष छोटिराम चौधरी, ४ का वडा अध्यक्ष नेपबहादुर कवँर, ५ का वडा अध्यक्ष दिपकगौतम, ६ का वडा अध्यक्ष टंक बहादुर गौतम, नेपाली कांग्रेस गाउँ सभापती शम्भु गिरी, नेकपा एमालेका रेशमबहादुर वली, नेकपा माओवादिका मणिराम चौधरी, राप्रपाका वेदराज अधिकारी, ईलाका प्रहरी कार्यालय हेकुलीका प्रमुख मेघराज डांगी लगाएतको उपस्थिती रहेको थियो ।

तपाईंको प्रतिक्रिया