द्रुब्यसन मुक्त एक पुरुषलाई परीवारको जिम्मा

 मङि्सर १५, २०७८


तुलसीपुर । तुलसीपुर १९ मा विजौरीमा रहेको नयाँ पाईला पुर्नस्थापना केन्द्रले लागूपदार्थ दुब्र्यसनबाट मुक्त एक जनालाई परिवारको जिम्मा लगाएको छ । अतिबिपन्न परिवारका ती ब्यक्ति कुलतमा फसेपछि परीवार नै समस्यामा परेको थियो । उद्धार गरि निशुल्क रुपमा उपचार गरि परीवारको जिम्मा लगाईएको पुनर्स्थापना केन्द्रका कार्यकारी निर्देशक शुरेस भुषालले जानकारी दिनुभएको छ ।

राप्ती गाउँपालिकाले वडा नम्बर ३ मसुरीया निवासी ती ब्यक्तिको निशुल्क उपचारको लागी केन्द्रलाई गएको भदौ २१ गते सिफारिस गरेको थियो । पुनर्स्थापना केन्द्रको रेखदेखमा दुब्र्यसन मुक्त भई आज घर फर्किदा उनको परिवारमा खुसी छाएको छ ।

तपाईंको प्रतिक्रिया