तुलसीपुर महाेत्सवमा ज्याेति मगरकाे प्रस्तुति
तुलसीपुरमा जारी महोत्सवको १२अाै दिन आज पनि दर्शकको उत्साहपुर्ण सहभागीता रहेको छ । दर्शकको मागलाई मध्यनजर गर्दै एक दिन थप गरिएको महोत्सवमा आज ज्योती मगरले महोत्सव दर्शकलाई मनोरञ्जन दिएकि थिईन । अवेर मात्रै महोत्सवको स्टेजमा उक्लीएकि ज्योती मगरलाई दर्शकले ताली र हुटिङले स्वागत गरेका थिए । बालवालीका देखि बृद्धबृद्धाहरु सम्म उनको प्रस्तुतीमा झुमेका थिए । युवायुवतीले उनको प्रस्तुतीलाई मज्जाले साथ दिएका थिए ।
तपाईंको प्रतिक्रिया