घट्यो सुन र चाँदीको मूल्य

 पुष १९, २०७८

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रूपैयाँ कायम गरिएको छ। आइताबर प्रतितोला ९३ हजार ४०० रूपैयाँमा कारोबार भएको थियो।

यस्तै‚ तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रूपैयाँ कायम भएको छ। आइतबार प्रतितोला ९२ हजार ९०० रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै‚ सोमबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँच रूपैयाँले घटेर एक हजार २६५ रूपैयाँ तोकिएको छ। आइतबार प्रतितोला एक हजार २७० रूपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया