परिवर्तनको गाउँसभा पौष २४ मा बस्ने

 पुष २०, २०७८

तुलसीपुर । रोल्पा परिवर्तन गाउँपालिकाको कार्यालय दोस्रो गाउँसभा पौष २४ गते शनिवारका दिन हुने भएको छ । चालु आर्थिक बर्ष २०७८र०७९ को हिउदे गाउँसभा पौष २४ गते बस्ने निर्णय भएको छ । हिजो सोमवार गाउँकार्यपालिकाको ८५ औ वैठकले सो निर्णय गरेको हो ।

गाउँपालिकाकि उपाध्यक्ष हित कुमारी बुढा मगरको अध्यक्षतामा वसेको वैठकले गाउँसभा वस्ने निर्णय गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपानेले जानकारी दिनुभयो । उहाँले स्थानिय सरकार संचालन ऐन २०७४ ले वर्षमा दुई पटक सभाको वैठक बस्नुपर्ने व्यवस्था गरे अनुसार हिउँदे गाउँसभाको मिति तय भएको जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया