एमाले दाङमा १ सय २१ सदस्यीय कमिटि बन्यो

 पुष २४, २०७८

तुुलसीपुर । नेकपा एमाले दाङको नँया नेतृत्व चयन भएको छ । राति सकिएको बन्द सत्रले नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको हो । जस अनुसार हुकुम बहादुर बस्नेतको अध्यक्षतामा १ सय २१ सदस्यीय कमिटि चयन भएको हो । बस्नेत यस अघि उपाध्यक्ष हुनुहुन्थ्यो । त्यसैगरी उपाध्यक्षमा राममणी पान्डे, सचिबमा मनोहर बुढाथोकी, उप सचिबमा कृष्ण भुसाल र हिरा देवी पुन चयन हुनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा मानबहादुर रावत, विवेक श्रेष्ठ,श्याम डाँगी, राम प्रसाद चालिसे,टोप बहादुर घर्ति,पुष्पा लामिछाने,गायत्रा डाँगी, उषा खरेल लगायतका रहनुभएको छ ।

तपाईंको प्रतिक्रिया