विद्यालय कर्मचारी परिषद् लुम्बिनीको अध्यक्षमा जिसी

 पुष २४, २०७८

तुलसीपुर । नेपाल विद्यालय कर्मचारी परिषद् लुम्बिनी प्रदेशको अध्यक्षमा दाङका गोविन्द जिसी चयन हुनुभएको छ । परीषद्को बुटवलमा आज सम्पन्न दोस्रो अधिबेशनले सर्वसम्मत रुपमा १३ सदस्यीय कमिटि चयन गरेको हो । जसको बरिस्ठ उपाध्यक्षमा गुल्मीका शालिकराम पन्थी, सचिवमा प्युठानका प्रेम जिसी, सह सचिवमा बर्दियाका सुमित्रा अधिकारी, अर्थ सचिवमा अर्घाखाचिका नवराज गैरे चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा दुधराज चौधरी, कृष्ण कवर, रुद्रमणि शर्मा लगायतका रहनुभएको अधिबेशनमा सहभागी परीषद्का तुलसीपुर नगरका सल्लाहकार मित्रलाल शर्माले जानकारी दिनुभएको छ ।

परीषद्का अध्यक्ष गंगा नेपालको अध्यक्षता तथा परीषद्का केन्द्रीय कावा अध्यक्ष डोलराज शर्माको प्रमुख आतिथ्यमा अधिबेशनको उदघाटन भएको थियो । परीषद्का उपाध्यक्ष मन्त्वय डम्बर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रगति प्रतिबेदन र आर्थिक प्रतिवेदन पारीत भएकोथियो ।

तपाईंको प्रतिक्रिया