भारतमा एकैदिन डेढ लाखभन्दा बढी कोरोना संक्रमित थपिए

 पुष २५, २०७८

काठमाडौं । छिमेकी मुलुक भारतमा तेस्रो लहर सुरु भएसँगै कोभिड(१९ का संक्रमित अचानक बढ्न थालेका छन् । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५९ हजार ६३२ जना नयाँ संक्रमित थपिएको भारतीय समाचार माध्यमले जनाएका छन् । त्यस्तै, उक्त अवधिमा ४० हजार ८६३ जना संक्रमण मुक्त भएका छन् भने ३२७ जनाको मृत्यु भएको छ ।

त्यस्तै, आइतबारसम्म कोभिड(१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ३ हजार ६२३ पुगेको छ । हालसम्म २७ राज्यमा यो भेरियन्ट फैलिइसकेको छ । महाराष्ट्रमा ओमिक्रोनका संक्रमित सबैभन्दा धेरै छन् । त्यहाँ यो भेरियन्तका संक्रमितको संख्या १ हजार ९ पुगेको छ । दोस्रो स्थानमा रहेको दिल्लीमा ५१३ जनामा हालसम्म ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । हाल भारतमा संक्रिय संक्रमितको संख्या ५ लाख ९० हजार ६११ रहेको छ । संक्रमितको संख्या एक्कासि बढ्‍न थालेपछि भारतका कैयौं राज्यमा कडाइ गरिएको छ । दिल्ली र कर्नाटकमा हप्तामा २ दिन ९शनिबार र आइतबार० कर्फ्यू लागू गरिएको छ भने आजदेखि तमिलनाडुमा आइतबार पूर्ण कर्फ्यू लगाइएको छ ।

यसैबीच, आईआईटी कानपुरका प्राध्यापक मनिन्द्र अग्रवालले यसै महिनाको मध्यसम्ममा दिल्ली र मुम्बई जस्ता प्रमुख शहरमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढ्न सक्ने बताएका छन् । तेस्रो लहरमा दैनिक संक्रमितको संख्या दोस्रो लहरको भन्दा झण्डै दोब्बर अर्थात् ८ लाखसम्म पुगेको उनको अनुमान रहेको छ ।

तपाईंको प्रतिक्रिया