कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या ५५ लाख नाघ्यो

 पुष २५, २०७८

काठमाडौं । विश्वभर कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या ५५ लाख नाघेको छ । विश्वभरि नै कोरोनाका कारण ५५ लाख ३ हजार ७ सय ५० जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

यस्तै विश्वभरि नै कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ३० करोड ६१ लख ८४ हजार मानिसहरू सङ्क्रमित भएका छन् भने कोरोना भएर पनि २५ करोड ९० लाख ५९ हजार मानिसहरु कोरोनापछि निको भएका छन् । कोरोनाको कारण सबैभन्दा धेरै अमेरिकामा मात्रै ८ लाख ५९ हजार मानिसको मृत्यु भएको छ । ब्राजिलमा ६ लाख १९ हजार तथा भारतमा ४ लाख ८३ हजार मानिसको कोरोनाको कारण मृत्यु भएको छ ।

तपाईंको प्रतिक्रिया