तुलसीपुरका थप ३८ जनामा कोरोना संक्रमण

 पुष २५, २०७८

तुलसीपुर । तुलसीपुरमा आज पनि थप ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ । आज ९१ जनामा एन्टीजेन परिक्षण गरिएको हो । मेट्रो अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा शिक्षक ११ जना , बिद्यार्थी ८ जना र अन्य १९ जनामा पोजेटिभ देखिएको कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिनुभएको छ ।

यो सँगै तुलसीपुरमा सक्रिय संक्रमितको सङ्ख्या १ सय ५५ जना पुगेको छ ।

तपाईंको प्रतिक्रिया