-->

दाङमा बस दुर्घटना हुदा एक शिशुको मृत्यु

 पुष २६, २०७८


ओमप्रकाश गुप्ता, सिसहनियाँ । देउखुरीको सिसहनियाँमा यात्रुबाहक बस दुर्घटना भएको छ । आज विहान पुर्व पश्चिम राजमार्ग अन्तरगत लमही– भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका ५ सिसहनियाँ स्थित दोलाई खोला नजिक बस दुर्घटना हुदा एक शिशुको ज्यान गएको हो । विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार ९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

मृत्यु हुनेमा भारत जिल्ला मोतीहार बस्ने असिर आलकका छोरा नानु आलमको मत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते शिशुको उपचारका लागि कोहलपुर लग्दै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ । बस अनियन्त्रित भएर २० मिटर तल गएर पल्टिएको छ । बसका चालक भने प्रहरी नियन्त्रणमा रहेका छन् ।

तपाईंको प्रतिक्रिया