भारतमा सात लाख भन्दाबढी कोरोना भाइरसका सक्रिय सङ्क्रमित

 पुष २६, २०७८

काठमाडौं । भारतमा अहिले सात लाख २३ हजार ६ सय १९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा एक लाख ७९ हजार ७ सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

तेस्रो लहरमा सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको यो तेस्रो दिन हो । यस्तै पछिल्लो २४ घण्टामा एक सय ४६ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा भारतको सङ्घीय राजधानी रहेको दिल्लीमा तीन सय जनाभन्दा बढी प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा दोस्रो लहर सुरु हुँदा ५६ दिनपछि मात्र दैनिक सङ्क्रमित सङ्ख्या एक लाख पार गरेको थियो । तेस्रो लहरमा भने सुरु भएको १० दिनमै सङ्क्रमित सङ्ख्या एक लाख नाघिसकेको छ ।

तपाईंको प्रतिक्रिया