भारतमा कोभिडविरुद्ध बुस्टर डोज दिन सुरु

 पुष २६, २०७८

काठमाडौं । भारतमा निश्चित वर्गलाई लक्षित गरी कोरोना बिरुद्ध विरुद्ध बुस्टर डोज दिन थालिएको छ । सङ्क्रमण तिव्र फैलिरहेका बेला सरकारले स्वास्थ्यकर्मी, अग्रपक्तिमा खटिएका व्यक्ति र ६० वर्ष माथिका बृद्धबद्धालाई बुस्टर दिन सुरु गरेको हो । भारतमा ओमिक्रोनका कारण सङ्क्रमण तिव्र फैलिएको छ । बुस्टर डोजले कोरोना विरुद्ध रक्षा गर्ने विभिन्न अध्ययनले देखाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुस्टर डोजलाई सावधानी डोज बताउँदै आउनुभएको छ ।

बुस्टरअन्तर्गत पहिलो र दोस्रो डोज लगाएका व्यक्तिलाई तेस्रो पटक सोही खोप दिइन्छ । भारतमा दैनिक कोरोना सङ्क्रमितको संख्या एक लाख ८० हजार नजिक पुगेको छ ।भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार आज कोरोनाका एक लाख ७९ हजार ७२३ नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाको कारण १४६ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज थपिएका सङ्क्रमित सँगै हाल भारतमा सक्रिय सङ्क्रमितको संख्या ७ लाख २३ हजार पुगेको छ ।

तपाईंको प्रतिक्रिया