प्रधानमन्त्री कप क्रिकेटमा कर्णाली प्रदेशको पहिलो जित

 पुष २७, २०७८

काठमाण्डाै। प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले प्रदेश एकलाई हराएको छ । काठमाण्डौको मूलपानी क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा कर्णालीले प्रदेश एकलाई ३१ रनले हराउँदै पहिलो जित निकालेको हो । यसअघि हिजो भएको आफ्नो पहिलो खेलमा कर्णाली त्रिभुवन आर्मी क्लबसँग ६३ रनले पराजित भएको थियोc

आजको खेलमा कर्णालीले दिएको १ सय २१ रनको लक्ष्य पछ्याएको प्रदेश एक १७ ओभर ५ बलमा ८९ रनमा अलआउट भयो । प्रदेश एकका लागि फिर्दोश अन्सारीले सर्वाधिक २३ रन जोडे। कर्णालीका अनुज चुनाराले ४, दिवान पुनले दुई तथा दिनेश अधिकारी, प्रकाश जैसी र अनुप कुँवरले एक/एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन बनायो । कर्णालीका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक ३६ तथा प्रकाश जैसीले २५ रन जोडे । प्रदेश १ का मुकुन्द यादवले तीन, फिर्दोस अन्सारीले दुई तथा कमल खत्री र सिद्धान्त लोहनीले एक/एक विकेट लिए ।

तपाईंको प्रतिक्रिया