भारतमा एकैदिन १ लाख ९४ हजार सङ्क्रमण

 पुष २८, २०७८

काठमाण्डाै / भारतमा कोरोना भाइरसको सङक्रमण बढ्दो क्रममा छ । सङक्रमितहरुको संख्या पछिल्ला दिनमा तीव्र गतिमा फैलिएको तथ्याङकले देखाएको छ ।भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हिजो एकैदिन एक लाख ९४ हजार ७ सय २० जनामा सङक्रमण पुष्टि भएको छ । अस्ति सोमबार एक लाख ६८ हजार सङक्रमित भएका थिए । सोमबारको तुलनामा मंगलबार झण्डै १६ प्रतिशत अर्थात् २६ हजार ६ सय बढीको संख्यामा सङ्क्रमित थपिएका हुन् । यस्तै पछिल्लाे २४ घण्टामा भारतमा काेराेनाका कारण ४ सय ४२ जनाले ज्यान गुमाएका छन् ।

भारतमा अहिले सक्रिय सङक्रमितको संख्या ९ लाख ५५ हजार ३१९ रहेको छ । दैनिक सङ्क्रमणदर ११ दशमलव ५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पनि फैलँदै गएको छ । संक्रमितमध्ये ४ हजार ८६८ जनामा ओमिक्राेनकाे संक्रमण देखिएकाे त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

तपाईंको प्रतिक्रिया