एमालेको ५८ जिल्लामा नयाँ नेतृत्व

 पुष २८, २०७८

काठमाडौं । नेकपा एमालेले दुई विशेष कमिटीसहित ५८ जिल्लाको नेतृत्व चयन गरेको छ। गत शुक्रबारबाट ६३ जिल्लामा सुरु भएको एमाले अधिवेशनले मजदूर र पेशागत विशेष कमिटी सहित ५८ जिल्लामा नेतृत्व चयन गरेको हो।

अहिलेसम्म प्रदेश १ का १२, प्रदेश २ को २, बागमती प्रदेशका ११ जिल्लामा नेतृत्व चयन भइसकेका छन्। त्यस्तै गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा नेतृत्व चयन भएको एमालेले जनाएको छ। ​ यस्तै मजदूर विशेष र पेशागत विशेषमा एक एक जना छानिएका छन्। पछिल्लो परिणाम अनुसार कास्कीमा मनबहादुर गुरुङ र सुर्खेतमा अमृत बिसी विजयी भएका छन्। दैलेखमा मतदाता भन्दा बढी मत खसेपछि मतदान नै रद्द गरिएको छ। कञ्चनपुरको मतगणना जारी छ। यस्तै कोरोना संक्रमण बढेपछि चितवनको मतदान अन्तिम समयमा स्थगित गरिएको छ।

तपाईंको प्रतिक्रिया