एकैदिन थपिए ३ हजार ७५ कोरोना संक्रमित

 पुष २८, २०७८

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ९१ जनाको पीसीआर परीक्षणमा २४४८ र ३ हजार ९८५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६२७ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २७८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

तपाईंको प्रतिक्रिया