मृत अवस्थामा एक पुरुष फेला

 पुष २८, २०७८

काठमाडौं । पश्चिम नवलपरासीमा एक पुरुष आज मृत अवस्थामा फेला परेका छन् । ईलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार बर्दघाट नगरपालिका–५ स्थित बन्डाखोलामा स्थानीय २६ बर्षिय दिनेश थारू मृत फेला परेका हुन् ।

मृतकको शव पोष्टमार्टमका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा पठाइएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया