-->

फर्जी मत भेटिएको दैलेखमा पुनः मतदान हुने

 पुष २९, २०७८

सुर्खेत । नेकपा एमाले दैलेखको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि पुनः मतदान गरिने भएको छ । जम्मा मतदाताको संख्या ७२१ रहेको दैलेखमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको थियो । पुनः मतदानका लागि केन्द्रीय निर्वाचन आयोगले निर्देशन दिएपछि बिहीबार नै उपाध्यक्षबाहेकका पदमा मतदान प्रक्रिया सुरु हुने प्रदेश अध्यक्ष शाहले जानकारी दिए ।

उनका अनुसार उपाध्यक्षमा भने नन्दकिशोर बस्नेत निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका खड्गराज उपाध्यायले फिर्ता लिएसँगै बस्नेत निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षका लागि सूर्यबहादुर शाही र रवीन्द्र राज शर्मा प्रतिस्पर्धामा छन् । अध्यक्षका लागि सुरुमा ६ जनाले उम्मेदवारी दिए पनि प्रेमबहादुर थापा, सूर्यबहादुर शाही, धीरबहादुर शाही, सुशील थापा र कर्णबहादुर खड्काले उम्मेदवारी फिर्ता लिएका छन् ।यस्तै सचिवमा रुद्रबहादुर शाही र तिलकप्रसाद रिजालबीच प्रतिस्पर्धा हुने भएको छ । उपसचिवमा गंगाराम दाहाल, चन्ऽप्रसाद दाहाल, जनक न्यौपाने, कविराज खत्री, प्रेमबहादुर खड्का, विष्णुबहादुर शाही, लोकेन्ऽजंग शाही, कलावती न्यौपाने र लक्ष्मीकुमारी कार्कीको उम्मेदवारी परेको छ ।

तपाईंको प्रतिक्रिया