प्यूठानमा चट्याङ लागेर एकको मृत्यु

 पुष २९, २०७८

तुलसीपुर । प्यूठानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । ज्यान जानेमा प्यूठान नगरपालिका ५ जुम्रिकाडा निवासी बर्ष ४६ का गोरे कामी रहेकाे जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

चामल किन्नको लागी पसल जादै गर्दा बाटोमै बुधबार साझ चट्याङ लागेर कामीको मृत्यु भएको प्रहरीकाे भनाई रहेको छ ।

तपाईंको प्रतिक्रिया