पहिरो खस्दा डोजरसहित ३ जना बेपत्ता

 पुष २९, २०७८

धादिङ ।  धादिङमा सडक खन्ने क्रममा पहिरो जाँदा तीन जना बेपत्ता भएका छन् ।रुबीभ्याली गाउँपालिका–१ पुरु नजिकै तिप्लीङको लबदुङबाट लिङ्जोतर्फ जाने सडक खन्ने क्रममा पहिरोमा जाँदा डोजरसहित तीन जना बेपत्ता भएका हुन् । 

बेपत्ता हुनेमा डोजर चालक, सहचालक र एक जना बाटो समितिका पदाधिकारी रहेका तिप्लीङका शिक्षक नरबहादुर घलेले बताउनु भएकाे छ । घटनाकाे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी जागेश्वर भण्डारीले बताउनुभयाे। 

तपाईंको प्रतिक्रिया