सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

 पुष २९, २०७८

काठमाण्डाै । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज पाँच सय रुपैयाँले बढेर ९२ हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

आज चाँदीको भाउ पनि २० रुपैयाँले बढेकोे छ । आज चाँदी तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

तपाईंको प्रतिक्रिया