प्रचण्डको रिटमाथि सर्वोच्चमा सुनुवाइ हुँदै

 पुष २९, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा ९एमाले० तिर लागेका जनप्रतिनिधिहरूलाई पदमुक्त गराउन अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु दिएको रिटमाथि बिहीबार सुनुवाइ हुँदैछ। यसअघि निर्वाचन आयोगबाट पदमुक्त स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्बहाली गर्न सर्वोच्चले अन्तरिम आदेश दिएको थियो। त्यही आदेश खारेजी मागसहित प्रचण्डले रिट हालेका थिए।

अध्यक्ष प्रचण्डले गत असारमा विभिन्न स्थानीय तहका जनप्रतिनिधिलाई सर्वोच्चले अन्तरिम आदेशबाट कामकाज गर्न नरोक्नू भनेपछि त्यसलाई खारेजी माग गर्दै रिट दायर गरेका थिए। प्रदेश २ बाट मात्रै ७ जना मेयर, १० जना उपमेयर र ८० जनाभन्दा बढी वडाअध्यक्षसहितका स्थानीय जनप्रतिनिधि नेकपा भंग भएसँगै एमालेमा लागेका थिए। प्रचण्डको त्यही रिट निवेदनमाथि सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ। सर्वोच्चका न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा यो मुद्दा तोकिएको छ।

तपाईंको प्रतिक्रिया