लेनदेन मुद्दामा फरार घोराहीका गुप्ता पक्राउ

 पुष ३०, २०७८

तुलसीपुर । दाङमा लेनदेन मुद्धामा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही १८ बस्ने २८ बर्षिय राजेन्द्र गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दाङ देउखुरी जिल्ला अदालतले लेनदेन मुद्धामा दोषी ठहर गर्दै २०७७-९-२९ गते २ बर्ष कैद सजाय फैसला गरेको थियो ।

उक्त मुद्धामा फरार गुप्तालाई खोजतलास गर्ने क्रममा विहिवार दिउँसो वडा नम्वर १५ तुलसीपुर चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्त गुप्तालाई सजाय भुक्तानका लागी शुक्रवार अदालत पेश गरिएको छ । साथै प्रहरीले अपराधिक गतिविधिमा संलग्न भई लुकीछिपी बस्दै आएको सुचनामा पाएमा प्रहरीलाई खवर गर्न आग्रह गरेको छ ।

तपाईंको प्रतिक्रिया