विश्वमा २३ लाख कोरोना संक्रमित थपिए

 माघ ०२, २०७८

पछिल्लो २४ घण्टामा विश्वभर २३ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका नयाँ संक्रमितमध्ये अमेरिकामा सबैभन्दा धेरै ३ लाख ६० हजारजना रहेका छन् । यस्तै, फ्रान्समा ३ लाख २४ हजार, भारतमा २ लाख ६८ हजार, इटलीमा १ लाख ८० हजार, अस्ट्रेलियामा १ लाख ३ हजार, अर्जेन्टिनामा ९६ हजार र बेलायतमा ८१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उक्त अवधिमा अमेरिकामा सबैभन्दा धेरै ८५१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै‚ रसियामा ७२३, पोल्याण्डमा ४२९ र भारतमा ३१४ सहित विश्वभर साढे ५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

तपाईंको प्रतिक्रिया